दफा १४
दरखास्त उपर छानबिन तथा सिफारिस
(१) दफा १३ बमोजिम रजिष्ट्रारले पेश गरेको दरखास्त उपर विषय समितिले आवश्यक छानबिन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम छानबिन गर्दा कुनै कुरा अस्पष्ट हुन आएमा तत्सम्बन्धी कुराहरु स्पष्ट पार्नको लागि सम्बन्धित दरखास्तवालासंग विषय समितिले आवश्यक प्रमाण तथा कागजात माग गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम माग भएका प्रमाण तथा कागजात विषय समिति समक्ष पेश गर्नु सम्बन्धित दरखास्तवालाको कर्तव्य हुनेछ ।
(४) उपदफा (१), (२) र (३) बमोजिम छानविन गर्दा दरखास्तवालाको नाम परिषद्मा दर्ता गर्न योग्य देखिएमा विषय समितिले परिषद्समक्ष सिफारिस गर्नेछ ।